नेकपाको स्थायी कमिटी बैठक असार २६ सम्म स्थगित



नेकपा स्थायी कमिटीको बैठक असार २६ गतेसम्मलाई स्थगित भएको छ ।

आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक शुक्रबारसम्मलाई सारिएको हो ।

शुक्रबार विहान ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

सोमबार र मंगलबार अध्यक्षद्धयले एक्लाएक्लै छलफल गरेपछि स्थायी कमिटी बैठकलाई निरन्तरता दिने सहमति भएको थियो । तर, अन्तिममा आएर बैठक स्थगित गरिएको छ।

ओली र दाहालबीच विगत केही दिनयता गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको छ ।

बालुवाटार स्रोतका अनुसार दुवै अध्यक्षले छलफल गर्दै नेकपा जारी स्थायी कमिटीबाटै विवाद समाधान गर्ने निष्कर्षमा पुगेका छन् ।

प्रकाशित मिति : असार २४, २०७७ बुधबार  ५ : ०० बजे