जनता समाजवादीले पायो दल दर्ताको प्रमाणपत्र



समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि निर्वाचन आयोगमा दर्ता भएको जनता समाजवादी पार्टीले औपचारिक रुपमा दलको प्रमाणपत्र पाएको छ।

जनता समाजवादी पार्टीलाई आयोगले आज प्रमाणपत्र दिएको हो।

जनता समाजवादीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन्।

प्रकाशित मिति : असार २८, २०७७ आइतबार  १ : ५९ बजे