भारतीय च्यानलहरु पुनः संचालनमा



प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा भ्रमपूर्ण समाचार आएपछि बन्द गराइएका भारतीय मिडिया च्यानलहरु पुनः संचालनमा आएका छन् । केवल अपरेटरहरूले चार वटा भारतीय समाचार च्यानलबाहेक अन्यको भने प्रसारण खुलाएका छन्।

केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए।

उनले सबै अपरेटरहरुले आफूहरुलाई दबाब आएको हुँदा अहिले भारतीय च्यानल बन्द गर्न नगर्न आग्रह गरेकाले सबैले खुला राख्ने निर्णय गरेको बताए ।

हिजै रातिदेखि अरू भारतीय समाचारका च्यानलको प्रसारण सञ्चालन भएको उनले बताए।

प्रकाशित मिति : असार २९, २०७७ सोमबार  ६ : ५६ बजे