सात प्रदेशका नेपाली मौलिक खानाको प्रदर्शन



बन्दाबन्दी खुलेसँगै पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटकीय गतिविधि बढेका छन् । बन्दाबन्दीले करिब चार महिना व्यवसाय प्रायःठप्प भएकाले पुनः पर्यटनलाई चलायमान बनाउन पर्यटन व्यवसायी लागि परेका हुन् ।

बन्दाबन्दीका कारण होटल तथा रेष्टुराँ व्यवसाय बन्द रहेपछि लामो समय घरमै थन्किएका सेफले नेपाली मौलिक खाना प्रदर्शन गरेका छन् । मौलिक खानाका नयाँ स्वाद पस्कँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ललितपुरको सातदोबाटोस्थित आएएचएम कलेजमा शुक्रबार खानाका परिकार प्रदर्शनी भएको हो । नेपाली मौलिक खानाको प्रवद्र्धन कार्यक्रममा करिब ३० जना सेफले देशका सात प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातिका १३ वटा रैथाने खानालाई तयारी गरी प्रदर्शन गरेका थिए ।

प्रदेश एकबाट राजवंशी समुदायको भक्का, शेर्पा समुदायको फाल्गी, प्रदेश २ बाट मधेशी समुदायको रैथाने खाना कटिया, राई समुदायको किनामा, प्रदेश ३ बाट नेवार समुदायको चटामरी, आलु, तामा र बोडी, त्यस्तै प्रदेश ४ बाट आलङ्खु र काटुङ, प्रदेश ५ बाट ढकनी र कागुनोको खिर तथा ६ नम्बर प्रदेशबाट मार्सी चामलको भात र कोडोको ढिडो, ७ नम्बर प्रदेशको प्रतिनिधित्व रहने गरी रोटा र चटनीलाई ‘प्लेटिङ’ गरेका थिए ।

लकडाउनका कारण ग्रामीण पर्यटनमा परेको प्रत्यक्ष असर र त्यसमा पनि होमस्टे व्यवसाय अझै केही समय बन्दै रहने अवस्थाका बीच सेफले मौलिक खानाको स्वादबाट उपभोक्तालाई आकर्षित गर्ने र यसले मौलिक खानाको पनि प्रदर्शन हुने आयोजकको विश्वास छ । आइएचएम कलेजसँगको सहकार्यमा ग्लोबल नेप्लिज सेफ फेडेरेसनको आयोजना र हस्पीटालिटी गाइड्सले व्यवस्थापन गरेको यस कार्यक्रममा तारागाउँ विकास समितिका होमस्टे प्रशिक्षक रामप्रसाद उपाध्यायले सहभागी सेफ प्रशिक्षकलाई बदलिँदो अवस्थामा होमस्टेको व्यवस्थापन र सेफले व्यवसाय प्रवद्र्धनमा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दि

प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार  ३ : ०५ बजे