पूर्व गृहमन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टिबाट निष्काशित गर्ने काँग्रेसको निर्णय (विज्ञप्तिसहित)



पूर्व गृहमन्त्री गोविन्दराज जोशीसहित तीनजना नेताहरुलाई नेपाली काँग्रेसले पार्टिबाट निष्काशित गरेको छ । काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले जोशीसहित तीनजनालाई अनुशासन उल्लंघन गरेको भन्दै निष्काशन गरेको हो ।

काँग्रेसका पूर्व सहमहामन्त्री समेत रहेका जोशी पटक पटक मन्त्री भएका थिए । उनी कुनैबेला काँग्रेसमा बलियो पकड बनाएका नेताका रुपमा चिनिन्थे । जोशीविरुद्ध भ्रष्टाचारको मुद्दा अदालतमा विचाराधीन छ ।

पार्टीबाट निष्काशित हुनेमा पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुष्करनाथ ओझा र डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर बिष्ट समेत छन् । उनीहरुविरुद्ध अनुशासन उल्लंघनको उजुरी परेपछि स्पष्टिकरणको समय दिइएको थियो ।

जवाफ स्पष्ट नभएको अनुशासन समितिका संयोजक भीष्मराज आङदेम्बेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : श्रावण ११, २०७७ आइतबार  २ : ५५ बजे