नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले कालोसूचीमा परेको कोहि देख्नैनहुने महत्त्वपूर्ण पदमा नियुक्ति गरिहाल्ने भन्दै सरकार र प्रधानमन्त्री केपी ओलिप्रती ब्यङय गरेका छन ।
सरकारले किही दिन अघी मात्रै लगानी बोर्डमा गरेको नियुक्तीप्रती लक्षित गर्दै नेता पौडेलले सरकार आफ्ना आसेपासेहरुलाई सम्बृद्द बनाउन लागिपरेको आरोप समेत लगाएका छन ।
सामाजिक सञ्जाल ट्विटर मार्फत प्रतिक्रीया दिदै नेता पौडेलले “दलाल, भ्रष्टाचारी,अपराधीलाई पोषण गर्दै जाने,माफिया र एजेन्टहरु समृद्धिका सारथी बनाउने,कस्तो र कसको समृद्ध देश बनाउने हो” ? प्रश्न गरेका छन ।
सरकारले किही दिन अघी मात्रै लगानी बोर्डमा सुशिल भट्टलाई सिइओमा गरेको नियुक्तीप्रती सरकारको सर्बत्र आलोचना भइरहेको छ ।
सरकारले नियुक्ती गरेका भट्ट सरकारलेनै कालोसुचिमा राखेको कम्पनिका एजेन्ट भएको खुले पछी सरकार माथी प्रश्न उठेको हो ।
सत्तारुढ दलकै शिर्ष नेताहरुले समेत सरकारको निर्णयबाट पार्टिको चरित्रमाथी गम्भिर धक्का लागेको बताएका छन ।








