गृहमन्त्री थापाको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ



गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजीकको सम्पर्कमा परेपछि बिहीबार स्वाब संकलन गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार  १० : ०९ बजे