मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिंकर सडक निर्माणका लागि सेनाकाे टाेली दार्चुलामा



नेपाली सेनाको टोली दार्चुला-तिंकर सडक निर्माणका लागि जिल्ला आइपुगेको छ। चालु आर्थिक वर्षबाट दार्चुला-तिंकर सडक निर्माण कार्यकाे जिम्मेवारी पाएसँगै नयाँ आर्थिक वर्षको पहिलो महिनामै सेनाको टोली निर्माण सामग्रीसहित जिल्ला आइपुगेको हो।

नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ सैनिककाे टोली जिल्ला आइपुगेको दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति सेनानी बिक्रमदेव थापाले बताए।

नेपाली सेनाका आठ ओटा गाडीमा निर्माण सामग्रीसहित सेनाको टोली सदरमुकाम खलंगा आइपुगेको हाे। महासेनानी गुरुङका अनुसार सडक निर्माण गर्नुपर्ने क्षेत्रको स्थलगत अवलोकन गरेर सोहीअनुसार बन्दोबस्ती र व्यवस्थापन गरिने छ। भदौबाट सडक निर्माणको कार्य थाल्ने उनले बताए।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ११ : ०७ बजे