डीएल्एको संयोजनमा कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण कार्यक्रम सम्पन्न



नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डेमोक्रेटिक लयर्स् एसोसिएसन (डीएल्ए) को संयोजनमा प्रशिक्षण कार्यक्रमको आयोजना ग¥यो । प्राजातान्त्रिक कानून व्यवसायीहरुलाई समाजवाद, सामाजिक न्याय र नेपाली कांग्रेसको रणनीति, नेपाली कांग्रेसले तय गरेका नीति, डीएलए र नेपाली कांग्रेसको सम्बन्ध, नेपाली कांग्रेसको विधान तथा वर्तमान सरकारका गम्भीर त्रुटीहरुका विषयमा प्रशिक्षण गरिएको थियो ।]

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठान प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय उपसभापति श्री विमलेन्द्र निधिले राजनीतिक रुपमा महत्वपूर्ण परिवर्तन भएपनि तिनको संस्थागत विकास र कार्यान्वयन हुन बाँकी रहेको अवस्था एकातिर र अर्कातिर जनताको आधारभूत आवश्यकता पुरा गरी विकासको गति लिनु पर्नेमा कम्युनिष्ट नेतृत्वको सरकार यसमा निरपेक्ष देखिएको अवस्थामा लोकतन्त्रमा विश्वास गर्ने सबै पक्षले गम्भीर हुनुपर्ने विचार प्रकट गर्नुभयो । डिएलएका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको सभापतित्वमा जुम प्रविधि मार्फत भएको कार्यक्रममा एकसय तीस भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा . पुरुषोत्तम दाहाल, नीति निर्देशक डा । जगदीशचन्द्र पोख्रेल, अनुसन्धान निर्देशक डा । सूर्य ढुंगेल, प्रशिक्षण निर्देशक खिलानाथ दाहाल तथा प्रतिष्ठानका सदस्य राजु नेपालको प्रस्तुति रहेको थियो । महासचिव लक्ष्मी दाहाल रावलले सहजीकरण गर्नुृभएको थियो भने उपाध्यक्षद्वय डा । सुषमा बाँस्कोटा र सुरेश पौडेलले विषय सन्दर्भमाथि मन्तव्य दिनुभएको थियो ।

प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार  ११ : २० बजे