महिला संघको ७३ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइयो



नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको ७३ औँ स्थापना दिवश विभिन्न कार्यक्रम गरी मनाईएको छ । । लोकतान्त्रिक राज्य व्यवस्था एवं मूल्य पद्धतिको स्थापनाको लागि महिला नेतृ स्व मंगलादेवी सिंहको सकृयतामा २००४ सालमा महिला संघको स्थापना भएको छ । २००४ साल श्रावण २४ गतेका दिन मंगलादेवी सिंहको सक्रियतामा भेडासिं स्थित चिनियालाल श्रेष्ठको घरमा भूमिगत रुपमा महिला भेलागरी मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघको पहिलो ११ सदस्यीय तदर्थ कार्यसमिति गठन भएको थियो । महिला संघले यसैलाई आफ्नो स्थापनको मिति मान्दै आएको छ ।

महिला संघले २००७, २०३६, २०४६ र २०६२र ०६३ सालको राजनीतिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरी गौरवशाली ऐतिहासिक जिम्मेवारी वहन गर्दैै आएको छ । नेपालमा पहिलो पटक महिलाको उत्थानको लागि वि।सं। १९७४ मा दिव्यादेवी कोइरालाको सक्रियतामा महिला समिति गठन भएको थियो । त्यस समयका अग्रणी महिलाहरु– योग माया देवी, चन्द्रकान्ता, लक्ष्मीदेवी, तुलजा शर्मा, मेलवादेवी, द्वारिकादेवी चन्द ठकुरानी आदि महिलाहरुको योगदानको आधारमा टेकेर महिला संघको स्थापना भएको हो ।

१९९८ साल आषाढ २१ गते शनिवार योगमाया देवी न्यौपानेको नेतृत्वमा ६८ जनाले राणा शासनको विरुद्धमा तथा सामाजिक सुधारको पक्षमा संगठीत रुपमा जलसमाधी देहत्याग गरेर पहिलो महिला संर्घषका रुपमा लिने गरिन्छ । २००३ सालमा आदरणीय नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको विराटनगर जुटमिल आन्दोलनमा दिव्यादेवी कोइराला, नलीनी उपाध्याय, इन्दिरा आचार्य, कामीनी गिरी जेल चलान ९प्रजातान्त्रिक आन्दोलमा संलग्न भएर जेल चलान जाने सम्भवतः प्रथम महिलाहरु थिए । २००४ सालमा राणा शासनको चरमोत्कर्षको समयमा शान्ति निकुञ्ज विद्यालयका शिक्षिकाहरु र छात्राहरु म्हेपीमा पिकनिक जाने वाहानामा भेला भई महिला सम्मेलन गरि भूमिगत रुपमा नेपाल महिला संघको स्थापना गर्न आधार तयार पारेका थिए ।

 

प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार  ११ : ४१ बजे