पार्टी भित्रको अस्वस्थ गुटबन्दी अन्त्य गरौ : कांग्रेस नेता कार्की



नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य प्रकाशसिंह कार्कीले सोलुखुम्बुमा नेपाली कांग्रेस भित्रको गुटबन्दिको रोग अन्त्य गर्न आग्रह गरेका छन ।काठ्माण्डौमा आयोजित नेपाली कांग्रेस लिखुपिके गाउपालिकाको भेला तथा छलफल कार्यक्रममा बोल्दै नेता कार्किले सोलुखुम्बुमा नेपाली कांग्रेस भित्रको गुटबन्दी अन्त्य गर्न जिल्लाका सबैलाई आग्रह गरेका हुन ।

पार्टिको अहिलेको चुनौती र समस्या भनेको पार्टी भित्रको चर्को गुटबन्दी भएको र सबैले पार्टी भित्रको अस्वस्थ गुटबन्दिको अन्त्य होस भन्ने चाहेकाले आगामी महाधिबेशनबाट पार्टीलाई एकताबद्द र गुटबन्दी रहित बनाउनुपर्नेमा नेता कार्किले जोड दिए ।

पार्टिलाई जनताको समर्थन हुँदा हुँदै पनि पार्टी कमजोर हुनु दुखद भएको उल्लेख गर्दै नेता कार्किले नेताहरुले पार्टी कार्यकर्ता र जनभाबनाको कदर गर्नुपर्ने सुझाब दिए ।पार्टिमा ब्यक्ती भन्दा बिधीको सर्बोच्चता हुनुपर्ने र त्यसकालागी पार्टी बिधी र पद्दतिले चल्नुपर्ने उनको भनाइ थियो ।

छलफलमा कांग्रेस सोलुखुम्बुका नेता राम बहादुर बस्नेत,नेपाल महिला संघ केन्द्रिय सदस्य डोल्मा तामाङ, लिखुपिके काठमाडौं सम्पर्कसमितिका सभापति मेजर रामचन्द्र बस्नेत, , ने.बी. संघका नेता दिनराज बास्तोला, कांग्रेस नेताहरु मनोज खड्का राजन बस्नेत, निर कुमार शर्मा , हरि कट्टेल, मणीराज बस्नेत, शिक्षक संघका केन्द्रीय प्रतिनिधि घन बहादुर बस्नेत, लिखुपिके ५ का वडा अध्यक्ष ङिम छिरी लामा, नेताहरु मोहन जङ्ग बस्नेत, प्रदीप बस्नेत, सुरज बस्नेत, नेतृ उर्मिला खड्का, केशव निरौला लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार  १२ : ५० बजे