सत्तारुढ नेकपाको लामो समयदेखी जारी बिबाद मिलाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।
आज (शुक्रबार) विहान भएको अध्यक्षद्धय ओली र दाहालबीचको भेटवार्तामा महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको हो ।
कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् ।
कार्यदलालाइ बिबाद समाधानका लागी सुझाव पेश गर्न भनिएको छ ।
केपी ओली, प्रचण्ड र माधव नेपाल समूहका दुई दुई जनाको प्रतिनिधित्व हुने गरी कार्यदल गठन भएको हो ।
प्रचण्डको तर्फबाट स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र पम्फा भुषाल छन् । र, बरिष्ठ नेता माधव कुमार नेपालको तर्फबाट स्थायी कमिटी सदस्यहरु भीम रावल र सुरेन्द्र पाण्डे छन् ।
कार्यदलले चाँडोभन्दा चाँडो पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने महासचिव पौडेलले बताए ।








