नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई निवास लैनचौरमा पुगेर श्रद्धान्जली अर्पण गरेका छन् ।
महामन्त्री कोइरालाले राष्ट्रकवि घिमिरेको निधनको खबरले अत्यन्त मर्माहत तुल्याएको बताएका छन् ।
डा कोइरालाले नेपाली साहित्य जगतमा घिमिरेले पुर्याएको योगदानको स्मरण गर्दै उनको निधनले राष्ट्रलाई नै क्षति पुर्याएको उल्लेख गरे ।
मंगलवार साँझ राष्ट्रकवि घिमिरेको आफ्नै निवासमा निधन भएको थियो ।
घिमिरेको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिएको छ्।








