कांग्रेस महामन्त्री कोइरालाद्धारा राष्ट्रकविप्रति अन्तिम श्रद्धान्जली अर्पण



नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई निवास लैनचौरमा पुगेर श्रद्धान्जली अर्पण गरेका छन् ।

महामन्त्री कोइरालाले राष्ट्रकवि घिमिरेको निधनको खबरले अत्यन्त मर्माहत तुल्याएको बताएका छन् ।

डा कोइरालाले नेपाली साहित्य जगतमा घिमिरेले पुर्याएको योगदानको स्मरण गर्दै उनको निधनले राष्ट्रलाई नै क्षति पुर्याएको उल्लेख गरे ।

मंगलवार साँझ राष्ट्रकवि घिमिरेको आफ्नै निवासमा निधन भएको थियो ।

घिमिरेको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिएको छ्।

 

प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार  ९ : ५३ बजे