सत्तारुढ नेकपा भित्रको बिबाद साम्य नभएकै बेला निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एमाले (एकीकृत मार्क्सवादी लेलिनवादी) दर्ता गरेको छ।
आयोगको बुधबार बसेको बैठकले सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको हो।
नयाँ दलको मान्यता पाएको एमालेले चिन्ह भने पहाडबाट उदाउँदै गरेको सूर्य राखेको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एमाले दर्ता गर्ने निर्णय भएको जानकारी दिए।
‘आज बसेको आयोगको बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो,’ उनले भने, ‘राजपत्रमा प्रकाशित गरेपछि दल दर्ताको प्रमाणपत्र केहि दिनमै दिन्छौं।’
सत्तारुढ नेकपा भित्रको बिबाद चर्कि रहेका बेला नेकपा एमाले दर्ता गर्न निर्बाचन आयोगमा निबेदन परेपछी उक्त घटनाले नेकपा भित्र नयाँ तरङ्ग ल्याएको थियो ।
केही समयअगाडि सत्तारूढ नेकपाका अध्यक्ष प्रचण्डले सचिवालय बैठकमै नेकपा एमाले दर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका रहेको आरोप लगाएका थिए।








