ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरू : प्रतिवेदनमाथि छलफल



प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरू भएको छ।

भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।

त्यस्तै दुई अध्यक्षको छलफलले सचिवालय बैठक बोलाउने समेत संभावना रहेको छ।

साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो।

प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार  ४ : ४७ बजे