नेकपाले भदौ १३ मा सचिवालय बैठक बोलायो



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालय बैठक बोलाएको छ ।सचिवालय बैठक भदौ १३ गतेलाई तय भएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्तामा १३ गते शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठकमा पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ ।

प्रकाशित मिति : भदौ ९, २०७७ मंगलबार  ७ : २२ बजे