काठमाडौं उपत्यकामा ३७७ सहित ११ सय ११ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका आज ११ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३५ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।

यसैबिच पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३७७ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ३ सय ९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले बताएका छन्।

आजसम्म २० हजार ७३ जना संक्रमणमुक्त भएका छन् । आज ५६९ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : भदौ ११, २०७७ बिहिबार  ११ : ३३ बजे