श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना संक्रमित एक पुरुषको आइतबार मृत्यु भएको छ।
पाल्पा स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आफ्नै घरमा बसोबास गर्दै आएका ७७ वर्षीय पुरुषको लोकन्थलीस्थित समिट अस्पतालमा आइतबार मृत्यु भएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए।
संक्रमितका परिवारलाई भने घरभित्र छुट्टै बस्न आग्रह गरिएको जानकारी दिँदै उनले एक सातामा सबैको पिसिआर परीक्षण गरिने बताए।








