नाग्मका पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसग कांग्रेसको माग



नेपाली कांग्रेसले कालीकोटको तिलागुफा नगरपालिका १, नाग्मका पहिरोपीडित परिवारलाई राहत र स्वास्थ्य उपचारका व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार प्रेस विज्ञप्ति जारी गरेर नाग्माका पहिरोपीडित परिवारलाई राहत र स्वास्थ्य उपचारका व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

कांग्रेसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरुको संवेदनशीलताप्रति सहानुभूति पनि प्रकट गरेको छ ।

नाग्मामा आइतबार दिउँसो गएको पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको थियो । पहिरोमा पुरिएर केही व्यक्ति घाइते भएका छन् ।

प्रकाशित मिति : भदौ १५, २०७७ सोमबार  ८ : ४५ बजे