त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मंगलबार साँझ २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाले जानकारी दिए । ।
थपलियाका अनुसार ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की महिला तनहुँकी हुन् ।








