काठमाडौंमा ३८८ जना सहित ११२० कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ११ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।

यसै बिच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आजसम्म २३ हजार २ सय ९० जना संक्रमणमुक्त भएका छन् । आज १ हजार १ सय १२ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।

प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार  ११ : ४८ बजे