दक्षिण कोरियामा कार्यरत थप एक नेपालीमा कोरोना



दक्षिण कोरियामा कार्यरत थप एक नेपालीमा कोरोना देखिएको छ। योसँगै कोरोना संक्रमित नेपालीको संख्या दुई पुगेको छ। यसअघि आजै पहिलो पटक त्यहाँको चुङचेंगनामको एक खिम्ची कम्पनीमा कार्यरत २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएका दोस्रो व्यक्ति पनि यसअघि कोरोना पुष्टि भएकी युवतीसँगै बस्ने साथी भएको एनआरएनए कोरियाका महासचिव विमल सुवेदीले बताए।

प्रकाशित मिति : भाद्र १८, २०७७ बिहीबार  ७ : ०७ बजे