कांग्रेसको उद्योग तथा व्यापार विभागले उद्योग व्यवसाय क्षेत्रका संघ संस्थाहरुसँग छलफल गर्ने



नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागको बैठक अनलाइन जुमका माध्यमबाट सम्पन्न भएको छ । विभागले यो प्रविधिलाई पहिलो पटक प्रयोग गर्दै बैठक सम्पन्न गरेको हो । बैठकको अध्यक्षता विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले गरेका थिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि आक्रान्त बनाएको र देशको आधाभन्दा बढी भू–भागमा यतिबेला लकडाउन देखि निषेधाज्ञा जारी रहेकोले नागरिकको जीवन कष्टकर बन्दै गएको निश्कर्ष निकालेको छ । । सरकारद्वारा गरिएको लकडाउन र निषेधाज्ञाका कारण उद्योग तथा व्यापार क्षेत्रले आर्थिक रुपमा ठूलो क्षति बेहोर्न परेको र थुप्रै उद्योगधन्दा तथा व्यापार व्यवसायको क्षेत्र बन्द हुने परिस्थितिमा समेत पुगिसकेको सन्दर्भमा कोभिड १९ ले उद्योग व्यवसायमा पारेको प्रभाव र यसको समाधानका विषयमा समेत बैठकमा छलफल भएको थियो । उद्योग वाणिज्य क्षेत्रमा परेको असरलाई सरकारले तुरुन्त सम्बोधन गर्न बैठकले माग गरेको छ । साथै, बैठकले चाडै नै उद्योग व्यवसायको क्षेत्रमा रहेका विभिन्न संघ संस्था तथा विभिन्न व्यक्तिहरुसँग छलफल गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : भदौ १८, २०७७ बिहिबार  ७ : १८ बजे