नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले रातो मक्षिन्द्रनाथ” को सांस्कृतिक जात्राको क्रममा भएको घटना प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
हिजो भएको उक्त घटना प्रती सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रीया दिदै महामन्त्री कोइरालाले स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी जात्राको व्यवस्थापन गर्न सरकारलाई सुझाब दिएका छन ।
जनतालाई संयमित भइ आफ्नो संस्कृतिको संरक्षण गर्न समेत कोइरालाले सबैलाई आग्रह गरेका छन ।
"रातो मक्षिन्द्रनाथ" को सांस्कृतिक जात्राको क्रममा भएको घटना प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ। धर्म संस्कृतिको जगेर्ना गर्दै सरकारले स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी जात्राको व्यवस्थापन गर्न र जनतालाई संयमित भइ आफ्नो संस्कृतिको संरक्षण गर्न समेत आग्रह गर्दछु।
जय नेपाल।— Dr Shashank Koirala (@DrShashankKoir1) September 4, 2020










