झलनाथ खनाल प्रतिष्ठानले करोडौ पाउने ,किसानले मल पनि नपाउने ? कांग्रेस नेता प्रदिप पौडेल



नेपाली कांग्रेसका युबा नेता एबम केन्द्रिय सदस्य प्रदिप पौडेलले खेतीपातिको समयमा जनतालाई मल पुर्याउन नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन ।

उनले झलनाथ खनाल प्रतिष्ठानलाई करोडौ दिन सक्ने तर जनतालाई मल पनि दिन नसक्ने भन्दै सरकारलाई प्रश्न गरेका छन ।

सामाजिक सञ्जाल ट्विटर मार्फत नेता पौडेलले देशमा कम्युनिष्टको सरकार त्यसमाथि समाजवादको वकालत गर्ने कृषिमन्त्री हुँदा पनि यस्तो हुनु दुखद भएको उल्लेख गरेका छन ।

भोकै कोही मर्दैनन् भन्दै झ्याली पिट्ने प्रधानमन्त्रीले ग्यास घर- घर पुर्याए जस्तै चामल पनि पुर्याउने तयारी हो ? पौडेलले प्रश्न गरेका छन ।

पछिल्लो समय खेतिपातिको मुख्य सिजनमा मल नपाउदा किसानहरु चिन्तित भएका छन भने सरकारको सर्बत्र आलोचना भएको छ ।

प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार  ५ : २५ बजे