कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको निर्णय फिर्ता गराउन चरणबद्ध दबाब दिने भएको छ।
सभापतिका निर्णयका विरुद्धमा निर्णय गर्ने गरि पौडेल पक्षीय नेताहरुको जुम मिटिङ बोलाइएको छ। शनिबार हुने बैठकपछि दबाबका कार्यक्रम सार्वजनिक गरिने केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए। दबाबका लागि प्रस्तावित विरोध कार्यक्रमलाई परिमार्जनसहित पारित गरिने बताइएको छ।
केही दिनअघि भएको जुम मिटिङले घिमिरेसहित जीवन परियार र बद्रि पाण्डेलाई विरोधको कार्यक्रम प्रस्ताव गर्ने कार्यदल बनाएको थियो। प्रस्तावित प्रतिवेदनमा रायका लागि नेताहरुलाई पठाइएको थियो। शनिबार हुने जुम मिटिङमा व्यक्त विचारका आधारमा विरोधका कार्यक्रमलाई अन्तिम रुप दिने बताइएको छ।
विभाग गठन,क्रियाशील सदस्यता वितरणमा अपारदर्शीता, भ्रातृ संस्थाको म्याद थपका बारेमा छलफल गरि दबाबका कार्यक्रम सार्वजनिक गरिने घिमिरेले जानकारी दिए। विभाग गठनलाई सुरुदेखि पौडेल पक्षले विरोध गर्दै आएको छ।
पौडेल पक्षले विरोध गरे पनि देउवाले विभाग विस्तारलाई रोकेका छैनन्। देउवाले ४७ विभागमध्ये २० वटामा आफूपक्षीय नेता कार्यकर्तालाई जिम्मेवारी दिएका छन्








