फिल्म ‘ढोका’ ले विश्वमै महामारीको रुपमा फैलिएको कारोना भाईरस ९कोभिड–१९० का कारण मानिसमा परेको मनोसामाजिक समस्या कथाको रुपमा उठाएको छ ।
वन्डेड लायन प्रोडक्सन र डिएआर मुभिज एन्ड फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘ढोका’ को लेखन तथा निर्देशन दिवश धितालले गरेका हुन् । आममानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई ‘ढोका’ फिल्ममार्फत देखाउन खोजिएको निर्देशक धितालले बताए ।
फिल्मको छायांकन तथा सम्पादन बरुण कोइरालाले गरेका छन् । राजाराम गौतमको निर्माण रहेको फिल्ममा आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय छ ।










