कोभिड – १९ को संक्रमण रोक्न सरकारले पटक पटक बन्दाबन्दी, निषेधाज्ञाजस्ता उपाय अपनाइरहेको छ ।पछिल्लो पटक पनि सरकारले निषेधाज्ञा जारी गरेको छ्, आमजनताले पनि निशेधाज्ञा स्विकार गरी रहेका छन तर निषेधाज्ञा संक्रमण नियन्त्रणमा उपयोगी भएको देखिएन ।
कोरोना सङ्क्रमणले अब दिर्घकालिन समस्याको रुप लिइसकेको देखिन्छ । कोरोना सङ्क्रमण कहिले रोकिन्छ भन्ने प्रश्नको उत्तर कतै कसैसग भेटिदैन यस्तो अवस्थामा अब निशेधाज्ञा कहिले सम्म भन्ने प्रश्न समेत उठेको छ ।
पटक पटकको बन्दाबन्दी र निषेधाज्ञाले जनजीवन कष्टकर बन्दै गएको छ भने उधोग ब्यापार ब्यबसाय ठप्प छ । जसका कारण थुप्रैले रोजागारी गुमाएका छन ।आम जनताको चुल्हो बल्न समेत मुश्किल हुने अवस्था आइसकेको छ ।जनसाधारणमा महामारीभन्दा भोकमरीबाट मरिने डर बढी देखिन थालेको छ ।जनसाधारण रोजगारी, आर्थीक र सुरक्षाको चिन्तामा रुमलिएको बेला सरकारले झन जुलुम बनाउन कदापी मिल्दैन
एकातिर पटक पटकको बन्दाबन्दी र निषेधाज्ञाले कोरोना नियन्त्रण हुनु भन्दा पनि जनजीवन कष्टकर हुँदै गएको छ भने अर्कोतिर कोरोना सङ्क्रम अब दिर्घकालिन समस्याको रुपमा देखिएको छ यस्तोमा निशेधाज्ञा कहिले सम्म ?प्रश्न उठ्नु स्वभाबिका नै छ ।
त्यसैले अब सुरक्षा र सावधानी अपनाउने रणनीति सहित कोरोना सग लड्ने शैली परिवर्तन गर्न जरुरी देखिन्छ ।अबा पुर्ण सुरक्षा र सावधानीका साथ सकेसम्म सबै क्षेत्र खुलाउने र जनजिबनलाई पूर्ववत बनाउने तयारी सरकारले गर्न जरुरी देखिन्छ ।
कोरोनाको परिक्षण र उपचारलाई ब्यापक बनाउने, सुरक्षाका उपायहरु अपनाउने, सिमा नाका बन्द गर्ने र देश भित्रको अवस्थालाई भने खुला गर्दै जानुपर्ने माग पनि सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत उठी रहेका छन ।तसर्थ सरकारले जनअवाज र जनजिबिकाको ख्याल गर्दै पुर्ण सुरक्षा र सावधानीका साथ सकेसम्म सबै क्षेत्र खुलाउने तयारी थाल्न उचित देखिन्छ ।अन्यथा लामो समय निशेधाज्ञा गर्दा भोली जनताले स्वस्फुर्त उलङ्घन गर्नुपर्ने अवस्था आउन सक्छ ।
तसर्थ सरकारले समयमै उचित कदम चालोस, हाम्रो आग्रह छ ।








