चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ ।
गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको अभिनेता प्रदीप खड्काले जानकारी दिए ।
४२ बर्षका गुरूङ लिभर समस्याका बिरामी थिए ।
अचानक बिरामी भएपछि सोमबार गुरुङलाई अस्पताल भर्ना गरिएको थियो ।










