ओली र प्रचण्डले तय गरे स्थायी कमिटी बैठकमा पेस गर्ने एजेन्डा



नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बसेर पार्टी स्थायी कमिटी बैठकको एजेन्डा तय गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तापछि एजेन्डा तय भएको हो ।

दुवै अध्यक्ष बसेर वृस्तृत छलफल गरी स्थायी कमिटीमा लाने एजेन्डा तय गरेको बुझिएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित पार्टी विवाद समाधानका लागि सुझाव तयार गर्ने कार्यदलको प्रस्तावलाई अन्तिम रुप दिई एजेन्डाका रुपमा स्थायी कमिटीमा लगिने भएको छ । आज ओली र प्रचण्डले कार्यदलको प्रस्तावलाई अन्तिम रुप दिई कुरा नमिलेका विषय स्थायी कमिटीमा छलफल गर्ने गरी प्रस्तुत गर्ने भएका हुन् ।

बैठकमा स्थायी कमिटीमा लाने प्रस्तावहरुमा बामदेवलाई राष्ट्रियसभामा लाने विषयका अलावा सरकार सञ्चालन र पार्टीका कतिपय कार्यविभाजनसम्बन्धी विषय पनि रहेको बुझिएको छ ।

प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार  १० : १९ बजे