काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि सार्वजनिकनिजी यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय भएएको छ।
गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् ।
स्रोतका अनुसार भोलि भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् ।
निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछ।
उपत्यका बाहिरबाट काठमाडौं भित्रिने सवारी साधनका हकमा यसअघिकै निर्णय लागू हुने बताइएको छ।
लामो समयदेखिको लक डाउन र निशेधाज्ञका कारण जनजिबन असहज हुन थालेपछी निशेधाज्ञा खुकुलो बनाउन सरकारमाथी दबाब बढेको थियो ।








