काठमाडौंमा व्यापार-व्यवसाय खोल्ने, यातायातमा जोरविजोर लागु गर्ने निर्णय



काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि सार्वजनिकनिजी यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय भएएको छ।

गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् ।

स्रोतका अनुसार भोलि भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् ।

निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछ।

उपत्यका बाहिरबाट काठमाडौं भित्रिने सवारी साधनका हकमा यसअघिकै निर्णय लागू हुने बताइएको छ।

लामो समयदेखिको लक डाउन र निशेधाज्ञका कारण जनजिबन असहज हुन थालेपछी निशेधाज्ञा खुकुलो बनाउन सरकारमाथी दबाब बढेको थियो ।

प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार  १२ : ३३ बजे