पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५७२ जना कोरोना संक्रिमत थपिएका छन्।
योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ हजार ९ सय १३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ संक्रमित थपिएका हुन्।








