पाइला रोकिएपछी सुनौलो पाइला- प्रदिप सत्याल



उद्देश के लिनु उडि छुनु चन्द्र एक, महाकवि लक्ष्मीप्रसाद देवकोटाको यस भनाइलाई आत्मसात गर्दै विद्यार्थीकाल देखि हाल सम्म लक्ष्य धेरै परिवर्तन भएता पनि समाजको अर्थ बुझ्नु पुर्व नै समाज सेवामा लागेको थिए तर अन्जानमा। मन्दिरमा माग्न बसेका माग्नेहरुलाई घर बाट चामल चोरेर बाड्नु, चरा चुरुङीहरुलाई चारा दिनु पकाएको खानेकुराहरु घरमा अरुले थाहा नपाउने गरि जनावरहरुलाई दिनु म येस्तैमा रमाउथे। जति गाली खादा पनि मैले त्येसो गर्न छोडिन। विवाह पश्चात् त मेरो अनि श्रीमानको जन्मदिन हाम्रो बर्षगाठ सबै विभिन्न बाल आश्रमहरुमा मनाउन पाँउदा सारै नै रमाइलो लाग्थ्यो। यो भनाइ हो कलिलो उमेरदेखी समाजसेवामा समर्पित सुनौलो पाइलाकी संस्थापक रोज बिस्टको ।

सुनौलो पाइलाको स्थापना बारेको रोचक तथ्य बताउदै रोज भन्छिन २०७२ साल बैशाख महिनामा १२ गते र २९ गते गएको भुकम्पले धेरैको जीवन मा निकै उतारचढाव लेरायो। कति मानिस मरे त कति घर पुर्ण रुप क्षति ग्रस्त भयेको थियो। भुकम्पका झट्काहरु केही शान्त भए पछि हामी केही राहत सामाग्री लियेर सिन्धुपाल्चोक पुगेका थियौं जहाँ हामीले दुई साना नानी हरु ९करिब ७ बर्ष र १ बर्ष० लाई अत्यन्तै दयनीय अवस्थामा भेट्यौं। भुकम्पका कारण आमा मेन्टल ट्रमामा हरायेकी थिइन भने केही समय पश्चात् बाबु पनि भारत गए। त्यस पछि दाजु भाउजू (मामा का छोरा बुहारी) संग बस्दै आएका उनिहरुलाई कतै राम्रो ठाउँमा राख्न सकिन्छ होला भनी थुप्रै प्रयास गरे पनि सकेनौं। २०७५ सालमा तिनै नानीहरु उनका भाउजूका साथमा यहाँ आएपछी हामी अन्यौलमा पर्यौ । कता राख्ने कसरी राख्ने के गर्ने भनेर। गोकर्णका वडा अध्यक्ष राजिव थापाज्यु र मेयर सन्तोष चालिसे दाइ संग सहयोग माग्यौ। उहाँ हरुले अहिले आफै संग राख्नु कता के मिलाउन सकिन्छ हामी हेरौंला भन्नू भयो। दिनहरु हप्तामा परिवर्तन हुँदै थियो तर उनीहरुको समस्याको टुंगो भने लागेको थिएन। पछि सामाजिक अभियान्ता हरुले यत्रो सामाजिक सेवा अग्रसर हुनुहुन्छ आफै सुरु गर्नु होस। हामी साथ दिन्छौं भन्नू भयो र मलाइ पनि त्यसै गर्नु पर्छ कि भन्ने मन भयो। तिनै नानी हरुको सुनौलो भविष्यको निम्ति चालेको पाइला भयेकोले सुनौलो पाइला नाम राख्यौ। गोकर्णेश्वोर नगरपालिकामा दर्ता गर्यौ अनि जिल्ला प्रसासन कार्यालयमा र समाज कल्याण परिषदमा र प्यानमा दर्ता गरि २०७५ भाद्र महिनामा विधिवत रुपमा सुरुवात गर्यौ।

संस्थाको गतिशीलता बताउदै उनी भन्छिन ,२ जना बाट ७ जना हुँदै हाल सुनौलो पाइलामा १४ जना बालबालिका हरुलाई उचित शिक्षा खाना र आवास सहित मबलअभ अबिकक, पबचबतभ अबिकक पनि राखेका छौं। सुनौलो पाइलाका सम्पुर्ण बच्चाहरु गोकर्णेश्वोर नगरपालिका वडा न ४ स्थिति गोकर्णेश्वोर महादेव ईंग्लिश सेकेन्डरी स्कुलमा पढ्छन। यसरी नै सुनौलो पाइलालाई आफ्नै श्रोत र साधन बाट अगाडि बढाउदै लग्यौ। २०७६ साल भाद्र महिनामा १८ गते सुनौलो पाइलाको पहिलो बार्षिकोत्सब सिएन एनहिरो तथा तत्कालीन बागमती प्रदेश गभर्नर अनुराधा कोइराला ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न गरेका थियौं। कार्यक्रम भव्य र शभ्य ढंगले सम्पन्न भएको थियो। यसको प्रभावले होला त्यसपछि सुनौलो पाइलामा सहयोगी हातहरु थपिएका थिए। स्कुलमा बच्चाहरुको पढाइमा आएको अत्यन्तै राम्रो नतिजाले थप उर्जा प्रदान गर्यो।

तर समयको गति र जिवनको गति एकैनास हुने रहेनछ आध्यात्मिक चेत भएकि रोज थप्छिन  कोभिड -१९ ले सर्वत्र तनावग्रस्त स्थित पैदा गरेको समयमा हामी माझ थप चुनौतीको रुपमा १६ बर्षिय बालिका जो सुत्केरी व्यथाले च्यापेर अल्पत्र अवस्थामा छिनभन्ने खबरले दियो। म आमा भैसकेकोले त्यो नानिको अवस्थालाई कल्पना गर्दै जसरी पनि उद्दार गर्ने निर्णय लिदै उक्त नानीलाई नेपाल मेडिकल कलेजमा पुराए। रात भर अस्पतालमा छट्पटीदै कोरोनाको त्रासमा बित्यो र भोलि पल्ट नानीले छोरीलाई जन्म दिए पछि आनन्द महसुस भयो। हाल आमा छोरी दुबै सुनौलो पाइलामा छन्। ।

आफ्नो भन्दा अरुको पिडालाइ धेरै मह्त्वदिने रोज कोभिडका कारण समस्याग्रस्तलाई गरेको सयोगबारे यसरी सुनाउछिन -लक्डाउनमा सबैतिर भएको अप्ठ्यारोलाई आत्मसाथ गर्दै गोकर्णेश्वोर नगरपालिकामै पहिलो पटक पीडितहरु लाई खाना बितरण गरेका थियौं ,झन्डै ४० पीडित परिवारलाई चामल, दाल नुन तेल वितरण गरेका थियौं।रोज मानवसेवामा मात्र हैन धार्मिकरुपमा पनि कृयासिल छिन ।धार्मिक क्रियाकलापमा उनको सह्भागिता उनले यसरी बताइन
समाजसेवामा लागि रहेकी म केहि दिन अघि सुत्केरी गाइको पनि उद्दार गर्न पुगेकी थिए। गोकर्णेश्वोर महादेव मन्दिरमा हरेक महिनाको अन्तिम सोमबार हुने गरेको गोकर्णेश्वोरबागमती गङा आरती मेरै पहलमा ३ बर्ष अघि बाट सुरुवात भएको थियो।

अप्ठ्याराहरुलाई समेत सजिलो गरि बुझ्ने रोज अर्थात रोजिना बिस्ट आफ्नो कुरा बिट मार्ने जमर्कोमा भन्छिन समाजसेवामा चुनौती थुप्रै छन् तर यी बालबालिकाहरुको ओठमा मुस्कान र उनिहरुको प्रगती देखे पछि सबै सहज लाग्छ र अगाडी बढ्न थप उर्जा प्रदान गर्छ तर अहिलेको विषम परिस्थितीले ल्याएको सम्स्यामा उनी र उनको सुनौलो परिवार नपर्ने कुरै भएन ।आर्थिक गतिबिधी ठप्प भएपछी सयोगी मनहरु को सुनौलो पाइलासम्मको यात्रा कम भएको छ ।लायन्स क्ल्ब लगायत केही सयोगी हरुले सयोग गर्दै हुनुहुन्छ जुन हाम्रो लागि उर्जा कायम राख्ने श्रोत भएको छ ।

अन्त्यमा ,रोजले रोकिएका पाइलाहरु को सुनौलो पाइला भएकाले सबैलाइ पाइला चाल्ने वातावरणका लागि अनुरोध गर्दै आफ्नो कुरा टुङाइन ।हामीपनी उनको यात्रा र बालबालिकाको उज्यालो भबिस्यको कामना गर्दै सयोगीमनहरुलाई सहयोगको आव्हान गर्दछौ ।

प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार  ५ : ३६ बजे