काठमाडौं उपत्यकामा हालसम्मकै बढी ६९६ जना सहित १४ सय ५४ संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १४ सय ५४ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ५१ हजार ९ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

तेसैगरी पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा हालसम्मकै बढी ६९६ जना कोरोना संक्रिमत थपिएका छन्।

योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार ७०८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ संक्रमित थपिएका हुन्।

आजसम्म ३६ हजार ६ सय ७२ जना संक्रमणमुक्त भएका छन् । आज ९७२ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार  १० : ४३ बजे