सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध क्षतविक्षत बनायो : बिमलेन्द्र निधि



नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति क्षतविक्षत पारेको आरोप लगाएका छन्।

बिपी कोइरालाको १०७ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र बिपी कोइरालाको योगदान’ विषयक भर्चुअल संवादमा निधिले भने, ‘सरकारका कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति क्षतविक्षत हुनु चिन्ताको विषय हो।’ सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सही रूपमा अबलम्बन गर्न नसक्दा छिमेकी मुलुक भारतसँगको सम्बन्ध अत्यन्तै जटिल मोडमा पुगेको निधिको निष्कर्ष थियो।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखसमेत रहेका निधिले भने, ‘अहिलेको सरकारले राष्ट्रिय हितलाई पनि हेरेको छैन। समानताका कुरालाई पनि हेरेको छैन।’

प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार  १२ : ५८ बजे