सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा गएराति पहिरो जाँदा बेपत्ता भएका २८ मध्ये ३ शव फेला परेका छन् ।
पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
पहिरोले ११ वटा घरमा क्षति पुगेको उनले जानकारी दिए ।
भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ ।








