काठमाडौं उपत्यकामा थप ५९७ जनालाई कोरोना संक्रमण



पछिल्लो २४ घन्टायता काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन्।

योसहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ।

प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार  ११ : ०१ बजे