बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा ।डा । ज्ञानेन्द्र गिरी कोरोना संक्रमित भएका छन् । सोमबार राति प्रतिष्ठानको फेसबुक पेजमार्फत गिरीले आफूमा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्
आइतबार प्रतिष्ठानकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ देखिएको हो । प्रदेश नं । १ कै प्रमुख कोभिड अस्पतालको नेतृत्वका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दागर्दै पनि आफू संक्रमित हुन पुगेको गिरीले बताए ।
संक्रमण पुष्टि भएसंगै प्रतिष्ठानको आफ्नै आवासमा आइसोलेसनमा बसेको जानकारी दिंदै उनले आफूसँग सम्पर्कमा आएका सबैलाई पीसीआर जाँच गरेर सजगता अपनाउन अनुरोध गरेका छन् ।










