प्रचण्डले सम्झिए स्व . बोगटीलाई



नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्वसहकर्मी पोष्टबहादुर बोगटीप्रति श्रद्धान्जली अर्पण गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तस्बिरमा माल्यार्पण गरेर उनले सम्झिएका हुन्। पूर्व माओवादी नेतासमेत रहेका बोगटीको २०७१ भदौ ३० गते हृदयाघातबाट निधन भएको थियो।
निष्ठाको राजनीति गरेका बोगटीको छैटौं स्मृति दिवसको उपलक्ष्यमा प्रचण्डसहित परिवारका सदस्यले तस्बिरमा माला लगाएर सम्झिएका थिए। बोगटीको स्मृतिमा वृहत कार्यक्रम राख्ने गरिएकोमा यसपटक कोरोना महामारीका कारण भीडभाड नगरी कार्यक्रम गरिएको हो।

प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार  ८ : २३ बजे