काठमाडौं उपत्यकामा ६७६ सहित १४ सय ५९ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १४ सय ५९ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ५६ हजार ७ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

तेसै गरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५ , ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ।

देश भरिमा  आजसम्म ४० हजार ६ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।

आज १ हजार ६२ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार  १० : ५२ बजे