कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सामान्य



कोरोना संक्रमित भएका नेपाली कांग्रेसका महामन्त्री डा . शशांक कोइरालाको स्वास्थ्य अवस्था सामान्य तथा स्थिर रहेको छ ।

उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको ॐ अस्पतालले जनाएको छ । कोइरालालाई हिजो साँझ ज्वरो आएपछि ॐ अस्पतालमा भर्ना गरिएको थियो ।

सामाजिक सञ्जाल मार्फत धेरैले कोइरालाको स्वास्थ्यलाभको कामना गरिरहेका छन ।

प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार  १० : ३८ बजे