कांग्रेस महामन्त्री डा . कोइराला कोरोनालाई जितेर अस्पतालबाट घर फर्किए



नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। भदौ २३ गते कोरोना पोजेटीभ देखिएका कोइराला भदौ ३० गते लक्षण देखिएपछि ओम अस्पताल भर्ना भएका थिए । अस्पतालमा केहि दिन बसेपछि उनलाई शनिवार १२ वजेपछि डिस्चार्ज गरिएको उनका नीजि सचिव भरत तिवारीले जानकारी दिए।

अस्पतालबाट डिस्चार्ज भएपछि कोइरालाले आफ्नो स्वास्थयका बारेमा चासो राख्दै स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। कोइरालाले भनेका छन्,ु मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, नेता तथा कार्यकर्ताहरु, पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा।विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु ।ु

कोइरालाले अगाडी भनेका छन्, ुमेरो स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएसंगै आजै ॐ अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केहि दिन होम आइसोलेशनमै रहने छु । ु

प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार  ९ : २७ बजे