आज १२०४ कोरोना संक्रमित थपिए, ६२ हजार नाघे संक्रमित



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १२ सय ४ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ६२ हजार ७ सय ९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए।

आजसम्म ४५ हजार २ सय ६७ जना संक्रमणमुक्त भएका छन् । आज १४४७ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार  १० : ५० बजे