काठमाडौं उपत्यकामा थपिए ७११ संक्रमित



पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७० ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी जम्मा ७११ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १५ हजार ८ सय ४९ पुगेको छ। काठमाडौंमा अब १३ हजार १४, ललितपुरमा १ हजार ४ सय ८४ र भक्तपुरमा १ हजार ३ सय ५१ संक्रमित पुगेका छन्।

प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार  ११ : ०३ बजे