कोरोनाको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु



बाँके । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगगञ्ज उपमहानगरपालिका वडा नं. २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको हो।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको दुबै तिरको फोक्सोमा निमोनिया भएएको थियो । उनी भदौ २० गते स्वास्थ्यमा समस्या उत्पन्न भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए।

उनलाई भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उपचारका क्रममा उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि शनिवार बेलुका साढे ५ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।

यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दश पुगेको छ।

प्रकाशित मिति : आश्विन ४, २०७७ आइतबार  २ : ४४ बजे