काठमाडौं उपत्यकामा ७६७ सहित १३ सय २५ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा  नेपालमा कोरोना भाइरसका १३ सय २५ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ६४ हजार १ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी जम्मा ७६७ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ।

आजसम्म ४६ हजार २ सय ३३ जना संक्रमणमुक्त भएका छन् ।

आज ९६६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन ४, २०७७ आइतबार  ११ : २४ बजे