पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १३ सय २५ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या ६४ हजार १ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।
तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी जम्मा ७६७ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ।
आजसम्म ४६ हजार २ सय ३३ जना संक्रमणमुक्त भएका छन् ।
आज ९६६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।








