सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित : बैठक पेरिसडाडामा नबस्ने



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२ः ३० बजे बस्ने गरी स्थगित भएको हो ।

पेरिसडांडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक अब बालुवाटारमानै बस्ने भएको छ ।

पेरिसडाँडामा आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको थियो ।

मंगलबारको बैठक बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार  ५ : २६ बजे